४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लेखा समितिका सभापतिकी पत्नी अञ्जलासहित २६ विरुद्ध मुद्दा

लेखा समितिका सभापतिकी पत्नी अञ्जलासहित २६ विरुद्ध मुद्दा
अ+ अ-

मोरङ । मोरङको धनपालथान–३ मा रहेका उमा–गौरी कृषि सहकारीको रकम अपचलन गरेको आरोपमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाइएको हो ।

विराटनगर महानगरपालिका–४ की योगिता शर्मा बाँस्तोलालगायत २० जनाको जाहेरीका आधार प्रहरीले उमा–गौरी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान गरेको थियो । अभियुक्त २६ जनामध्ये सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशी यसअघि नै पक्राउ परेका थिए ।

प्रहरी अनुसन्धान सकिएपछि सञ्चालक समिति सदस्य राजवंशीबाहेकका २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । मुद्दामा फरार प्रतिवादीका रूपमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह छन् । सञ्चालक समिति सदस्य आमोद मण्डल र जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत विरुद्ध पनि मुद्दा चलाइएको छ ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला सहकारीकी पूर्वसञ्चालक हुन् । उनी सहकारीमा २०७२ देखि २०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् । उनी सदस्य रहेकै बेला ऋणी र सञ्चालक समिति सदस्यको जग्गाको कागजपत्र धितो राखेर बुटवलको आरएसडीसी लघुवित्तसहित विभिन्न बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालिएको थियो  ।

१८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीले बचतकर्ताको २ करोड ३ लाख ५४ हजार फिर्ता गर्न सकेको देखिँदैन । सहकारीमा ५ हजार सेयर सदस्य छन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।

सहकारीले आरएसडीसीबाट २०७७ असोज २३ मा निर्णय गरेरै २०७७ फागुन १३ मा २ करोड रुपैयाँ र २०७८ असार २४ मा ७५ लाख रुपैयाँ कर्जा लिएको थियो । कर्जा लिने निर्णय गर्दाका तीन वटै बैठकमा संस्थाका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला तथा आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए । उनीहरूको हस्ताक्षरसहितको कागजात आरएसडीसीले अदालतमा पेस गरिसकेको छ ।