२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल

गुणस्तरहीन स्यानिटाइजरः जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्ड

गुणस्तरहीन स्यानिटाइजरः जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्ड
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराउँदै यसको प्रयोग नगर्न दैनिक अखबारहरुमा सार्वजनिक सँचनाजारी गरेको छ । भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सँर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ । औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् । त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

नेपाल समाचारपत्रले चारवटै कम्पनीसँग सम्पर्क गरी उनीहरुको प्रतिक्रियालिने प्रयास गरेकोमा नेपालस्थित भारतीय कम्पनी आरएल कर्पका प्रमुख व्यवस्थापक सक्षम चौधरी मात्र उपलब्ध भएका छन् । ‘हाम्रो स्यानिटाइजर गुणस्तरहीन भएको हामी स्वीकार गर्छौंं, तर सबै ब्याचका सामान गुणस्तरहीन भएको भने होइन, केही सामानमा समस्या देखिएपछि हामीले बजारबाट फिर्ता लैजाने प्रक्रिया शुरु गरिसकेका छौं ।’ –चौधरीले औषधी व्यवस्था विभागमा असोज ६ गते २४२३ नम्बर चिठी दर्ता गरेर समस्या रहेको स्वीकार गरिसकेको जानकारी गराए ।

काठमाडौं, मखनस्थित व्यापारी धीरज महर्जन ग्राहकले सामान किन्दा ब्याच नम्बर हेरेर किन्ने अभ्यास नै नभएकाले उनीहरु ठगिने सम्भावना रहेको बताउछन् । ‘भन्ने बेलामा आईएसओ प्रमाणित बहुराष्ट्रिय कम्पनी भन्छन्, आकर्षक प्याकेजिङ गर्छन् तर, भित्र सामान भने गुणस्तरहीन हुने गर्दछ, झुक्याउनुको पनि हद हुन्छ नि।’ –महर्जनले भने ।कम्पनीहरुले कानुन र आचारसंहिता पँर्णरुपले पालन गर्नुपर्छ, कोरोना महामारीका बेला पनि आम उपभोक्तामाथि खेलबाड गर्नेहरुलाई छोड्नुहुन्न, कडा कारबाही गर्नुपर्छ।’ –महर्जनले थप्दै भने ।

‘स्यानिटाइजर लगाएँ भनेर ढुक्क भयो, तर कोभिड संक्रमण भयो, मान्छेको ज्यान गयो भने के यी नक्कली सामान बेचेर मुनाफा कमाउनेहरुले क्षतिपँर्ति दिनसक्छन् ?’, लक्ष्मण कोइराला नाम बताउने महर्जनकै पसलमा स्यानिटाइजर किन्न आएका ग्राहकले भने– ‘महामारीजस्तो संवेदनशील अवस्थामा पनि जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्डहरुलाई खारेज गर्नुपर्छ ।’ नेपाल समाचापत्र दैनिक