२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल

कोारेनालाई बेवास्ताः असन–इन्द्रचोकमा उस्तै भिड, महानगरपालिका कडाइ गर्न जुट्दै

कोारेनालाई बेवास्ताः असन–इन्द्रचोकमा उस्तै भिड, महानगरपालिका कडाइ गर्न जुट्दै
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमण अनुगमन प्रक्रियाका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी र स्वयंसेवकको टोली तयार बनाएका छन् । सरकारले कोरोना संक्रमित व्यक्ति जथाभावी बाहिर निस्के ६ महिना कैद गर्ने निर्णय गरेसँगै त्यसलाई कडाइ गर्न स्थानीय तह र प्रशासनलाई निर्देशन दिएअनुसार टोली तयार भएको हो । कोरोना संक्रमितसंख्या झन्डै १३ हजार नाघेको काठमाडौं र ३ हजारको हाराहारीमा पुगेको ललितपुर महानगरपालिकाले संक्रमितको पहिचान गर्ने र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर गरी आइसोलेसनमा राख्न अनुगमन समिति बनाएको हो । काठमाडौं महानगरपालिका जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले महानगरको २२ गतेको बोर्डको बैठकले अनुमगन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले विशेष गरी होम आइसोलेसनमा बसेका सबैको अवस्थाबारे जानकारी लिने, चिकित्सकको समन्वय नगरी बाहिर हिँडे÷नहिँडेको अनुगमन गर्ने र उनीहरुको अवस्थाबारे जानकारी लिने गरी वडाध्यक्षको संयोजकत्वमा समिति बनाइएको छ । साथै सामुदायिक विद्यालयका शिक्षकलाई समेत अनुगमनमा खटाइने निर्णय गरेको छ । अनुगमन प्रभावकारी नभएको कारण संक्रमितहरुले राजधानीमा संक्रमण बढाएको आकलन गर्दै सरकारले त्यसलाई कडाइ गर्न निर्देशन दिएलगत्तै कामपाको बोर्डको बैठकले वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेको हो । कामपा जनस्वाथ्य विभाग प्रमुख कुँवरले चाडवाडको समयमा संक्रमणको संख्या बढ्न नदिन नयाँ योजना अघि बढाएको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले अनुगमनलाई कडाइ गर्न थप स्वास्थ्यकर्मी र स्वयंसेवकको संख्या थप गर्न लागेको जानकारी दिए ।

उनले लगातार फलोअप गरी घरबाट बाहिर निस्कन नदिने छुट्टै समूह गठन गरेको जानकारी दिए । सो टिममा वडाध्यक्षको समेत सहभागिता रहेको उनको भनाइ छ । ललितपुर महानगरपालिकाभित्र करिब ३ हजारको संख्यामा संक्रमित छन् । ललितपुर महानगरपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, उनीहरुको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्ने कामलाई तीव्रता दिइएको सम्पर्क अधिकृत गुरुङको भनाइ थियो । सरकारले संक्रामक रोग ऐन विसं २०२० प्रयोग गरी संक्रमितले स्वास्थ्य मापदण्ड पालना नगरेको खण्डमा पक्राउ गरी ६ महिनासम्म कैद गर्न सक्ने व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी गराएका थिए ।

पछिल्लो तथ्याङ्कअनुसार काठमाडौं महानगरपालिकाभित्र हालसम्म ८७ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी वडा नम्बर १५ मा रहेको छ । सो वडामा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४ र ५ मा ७–७ जना, ७ मा ५ जनाको मृत्यु भइसकेको छ । कामपाभित्र हालसम्म २४, २९ र १९ र १८ वडामा एकजनाको पनि मृत्यु भएको छैन । सबैभन्दा बढी १५ वडामा ५ सय ७१ संक्रमित छन् । उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेपछि दुवै महानगरपालिकाले सावधानी अपनाएको छ । ललितपुर र काठमाडौं महानगरपालिकाका अनुसार भिड भएको क्षेत्रका व्यावसायीले पीसीआर गर्न नमान्दा समस्या जटिल बन्दै गएको हो । कामपा जनस्वाथ्य विभाग प्रमुख कुँवरका अनुसार असन, इन्द्रचोक, कालिमाटी, बल्खु तरकारी बजार, न्युरोड, कोटेश्वर, खसी बजरलगायत प्रमुख व्यापारिक र दशैंलक्षित क्षेत्रका व्यापारीलाई पीसीआर गर्न आग्रह गर्दा ठाडै इन्कार गर्ने गरेको बताए । त्यसैको कारणले ती क्षेत्रमा ओहोरदोहोर गर्नेबाट संक्रमण फैलिएको कामपाको दाबी छ ।

उनका अनुसार चाडबाडको समयमा पीसीआर परीक्षण गरेर पोजेटिभ देखिए व्यावसाय नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएपछि व्यापारीले परीक्षण गर्न छाडेका छन् । भित्री व्यापारिक क्षेत्रमा देखिएको विकराल समस्या समाधान गर्न वडाध्यक्षलाई नै अगुवा बनाउने निर्णय कामपाले गरेको हो । ललितपुर महानगरले भने हरेक दिन संक्रमितको अवस्थाबारे जानकारी लिने र अन्तिमपटक पीसीआर गरेर नेगेटिभ आएपछि मात्र बाहिर हिँडडुल गर्ने गरी व्यवस्था गर्न लागेको जनाएको छ । देशभर संक्रमितको संख्या १ लाख नाघिसकेको अवस्थामा उपत्यकामा मात्रै करिब २० हजार संक्रमित छन् । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, सुनसरी, रुपन्देही, सुर्खेतमा संक्रमितको सख्या ५ सय नाघेको छ । मनाङ र मुस्ताङमा शँन्य संक्रमित छन् । नेपाल समाचारपत्र दैनिक