२४ मंसिर २०८२, बुधबार
,
Latest
प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ



अ+ अ-

काठमाडौँ
प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर चाँगुनारायण नगरपालिका–४ एकान्त ठाउँमा यही मङ्सिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका–९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरीकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ रु छ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।”

उनीहरुको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।