१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री पौडेल

शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको उल्लेख गर्नुभयो । उहाँले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताउनु भयो ।

उहाँले विदेशी मुद्राको सञ्चिति,तरलता,बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनु भयो । उहाँले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गर्नुभयो । उहाँले सरकारले समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुवर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताउनु भयो । उहाँले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताउनु भयो । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौं । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौं । हाम्रो अर्थतन्त्रका केही पक्षहरु राम्रा छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । व्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ । तरलताको अवस्था राम्रो छ । बैंकको ब्याजदर एकल अंकमा आएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ । शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था छ । अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन यहाँहरु पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुछ । त्यसका लागि सार्थक प्रयास चाल्नुछ । राजश्व परिचालनका सन्र्दभमा पनि चालु आर्थिक वर्षको चार महिनामा राम्रो छ । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्छ । तर गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न । तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौं । राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौं।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गर्नुभयो । उहाँले सेयरबजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताउनु भयो । उहाँले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताउनु भयो । उहाँले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताउनु भयो । उहाँले पुँजीबजारको दिगो व्यवस्थापन र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताउनु भयो । उहाँले लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी रहेको भन्दै आवश्यक कानून संशोधन गरी लगानीको वातावरण बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शेयर बजारको सन्र्दभमा धितोपत्र बोर्डको नेतृत्व लामो समय विहिन भयो । अहिले सरकारले त्यसलाई व्यवस्थापन गरेका छौं । पछिल्लो समय शेयरबजार क्रमशः अगाडि बढ्दै छ । बजारमा कुर्लर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसनका विषयमा सरकारले ध्यानमा राखेको छ । पुँजीबजार क्रमशः वृद्धि हुँदै गएको छ । त्यसलाई दिगो व्यवस्थापन र प्रवद्र्धन गर्ने सरकारको ध्यान छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने होइन तर दिगो व्यवस्थापनमा ध्यान दिनुपर्छ । कुनैपनि अनुचित कुरा नहुन्न भन्ने कुरामा ध्यान दिनुपर्छ । लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी छन् । एउटा कानूनलाई लिएर काम गर्दा अर्को कानूनले अवरोध सिर्जना गर्दैैछ । लगानीको वातावरण बनाउने विषयमा विगतमा पनि प्रयास भएका छन् । तर सरकारले चाहेको जस्तो लगानी आउन सकेको छैन । यस विषयमा सरकारको ध्यान जान जरुरी छ । आवश्यक ऐन कानूनहरु परिमार्जन गरेर मुलुकमा लगानीको वातावरण बनाउने सोचमा सरकार छ । त्यसको लागि सरकारले गृहकार्य शुरु पनि गरेको छ । लगानीको वातावरणको निम्ति नेपालको पहिलो पटक कन्ट्री रेटिङको काम भएको छ । मुलुकका अर्थतन्त्रका सबै सूचकहरुको जानकारी लिएर त्यसको आधारमा निर्णय गरेका छन् ।’

उहाँले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गर्नुभयो । उहाँले बैंकमा भएको तरलतालाई उत्पादनमुलक काममा लाग्नु आवश्यक रहेको बताउनु भयो ।