२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनभित्रै निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी दिन्छौँः भौतिकमन्त्री दाहाल



अ+ अ-

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरुले बाँकी भुक्तानी पाउने दाबी गर्नुभएको छ ।

१७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिवार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै मन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । उहाँले निर्माण क्षेत्र बिना विकास निर्माणका कामहरु अघि बढ्न नसक्ने उल्लेख गर्दै निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अघि बढाउनका लागि आफूले शुक्रवार नै हस्ताक्षर गरिसकेको बताउनु भयो । उहाँले असोजको बाढी पहिरोले निर्माण सामग्री उत्पादन र आयातमा समस्या भइरहेकोप्रति सरकार गम्भीर रहेको बताउनु भयो । निर्माण व्यवसायीहरुका समस्या छिटै समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले समयमै राज्यले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा अहिलेको समस्या आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्माण क्षेत्र बिना विकास निर्माणका कामहरु अघि बढ्न सक्दैनन् । राज्यले निर्माण गर्दैन । राज्यको तर्फबाट पनि विकास निर्माणका लागि कम्पनी एउटा खोलेको छ तर त्यो कम्पनी निष्क्रिय जस्तै छ । जतिपनि विकास निर्माण सम्बन्धी निर्माणका कामहरु छन् यो यहाँहरुको मार्फतबाट हुने गर्दछ । स्वभाविक रुपले यहाँहरुका समस्याहरु समाधान हुनुपर्छ । यहाँहरु समस्यामा रहेर त्यो काम गर्न सक्नुहुन्न । राज्यको तर्फबाट पनि जिम्मेवार भएर जुन भुक्तानी दिनुपर्ने छ, त्यो समयमै दिनुपर्छ । समयमै दिन नसक्दा राज्य पनि नाजवाफ भएको छ । यस सम्बन्धमा हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट यसको समाधान निकालिसकेका छौँ । भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट यहाँहरुले पाउनु हुने भुक्तानी मलाई लाग्छ, हामीले अवधि त तोक्दै तोक्दै गयौँ, यति समयभित्र यहाँहरुले भुक्तानी पाउनुहुन्छ भनेर । केही भुक्तानीहरु मिलाएर दियौँ पनि । तर अब हामीले १० देखि १२ दिनभित्र नै मैले हिजो मात्रै त्यो फाइलमा साइन गरिसकेको छु । १० दिन कट्दैन होला यहाँहरुको भुक्तानीका लागि । निर्माण सामग्रीहरुको सन्दर्भमा गत असोजको बाढी पहिरोले गर्दा हाम्रा थुप्रै योजनामा समस्या भएको छ । सडक,पुल भत्किएको छ । निर्माण सामग्री उत्पादन गर्ने कम्पनी पनि तहसनहस भएका छन् । मूल्य भन्दा पनि प्राप्त गर्न नै समस्या पर्ने महशुस भएको छ । त्यसमा कसरी समाधान गर्ने भन्नेमा सरकारको ध्यान गएको छ ।’

मन्त्री दाहालले आगामी बजेट बनाउनुपूर्व नै पूर्वतयारीका साथ योजनाहरु बनाएर काम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । खरिद नियमावली १३ औं संशोधनमा भएका कमजोरीलाई पनि मिलाएर लैजाने बताउनु भयो । खरिद ऐनले धेरै समस्यामा पारेको उल्लेख गर्नुभयो । उहाँले वन ऐन, राष्ट्रिय निकुञ्ज ऐनले विकास निर्माणका काममा बाधा पारेको बताउनु भयो । समयमै काम सम्पन्न गर्ने कुरामा प्रतिवद्धता निर्माण व्यवसायीहरुले जनाउनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल