३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनसंग स्पेनको हार, स्विजरल्यान्ड र जर्मनी बराबरी



अ+ अ-

कोलोन । जर्मनीले दुई पल्ट पछाडि रहेको स्थिति उल्टाएर मंगलबार यूईएफए नेसन्स लिग समूह चरणमा स्विजरल्यान्डलाई ३–३ को बराबरीमा रोकेको छ । यो नतिजापछि जर्मनी समूह ‘ए’ को शीर्ष स्थानबाट एक अंकको दूरीमा रह्यो ।

सर्ज जेनाब्रीले ६० औं मिनेटमा जर्मनीका लागि तेस्रो तथा अन्तिम गोल गरे । बराबरीले स्विजरल्यान्ड भने अहिलेसम्म जितविहीन रहेर समूहको अन्तिम स्थानमा रहेको छ ।

स्पेन भने यही समूहको अर्को खेलमा भाग्यमानी रहेन । स्पेन युक्रेनको हातबाट १–० ले पराजित रह्यो । किभको ओलम्पिक रंगशालाम भएको खेलमा युक्रेनका लागि भिक्टोर सिनगनकोभले ७६ औं मिनेटमा निर्णायक गोल गरे । सन् २०१० को विश्वकप विजेता स्पेनविरुद्ध युक्रेनको यो पहिलो जित हो ।