२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनसंग स्पेनको हार, स्विजरल्यान्ड र जर्मनी बराबरी



अ+ अ-

कोलोन । जर्मनीले दुई पल्ट पछाडि रहेको स्थिति उल्टाएर मंगलबार यूईएफए नेसन्स लिग समूह चरणमा स्विजरल्यान्डलाई ३–३ को बराबरीमा रोकेको छ । यो नतिजापछि जर्मनी समूह ‘ए’ को शीर्ष स्थानबाट एक अंकको दूरीमा रह्यो ।

सर्ज जेनाब्रीले ६० औं मिनेटमा जर्मनीका लागि तेस्रो तथा अन्तिम गोल गरे । बराबरीले स्विजरल्यान्ड भने अहिलेसम्म जितविहीन रहेर समूहको अन्तिम स्थानमा रहेको छ ।

स्पेन भने यही समूहको अर्को खेलमा भाग्यमानी रहेन । स्पेन युक्रेनको हातबाट १–० ले पराजित रह्यो । किभको ओलम्पिक रंगशालाम भएको खेलमा युक्रेनका लागि भिक्टोर सिनगनकोभले ७६ औं मिनेटमा निर्णायक गोल गरे । सन् २०१० को विश्वकप विजेता स्पेनविरुद्ध युक्रेनको यो पहिलो जित हो ।