९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बिआरआई सम्झौता स्वागतयोग्य , तर कार्यान्वयन हुन नसक्ने: कमल थापा

बिआरआई सम्झौता स्वागतयोग्य , तर कार्यान्वयन हुन नसक्ने: कमल थापा
अ अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष तथा पुर्ब परराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

बिआरआई सम्झौता स्वागतयोग्य भएपनी यो सम्झौता कार्यान्वयनमा आशङ्का गर्नुभएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ४ दिने औपचारिक भ्रमण सकाएर विभिन्न सम्झौता गरेर फर्कँदै गर्नुहुँदा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीले चीनसँगको सम्झौता कार्यान्वयन नहुने दावी गर्नुभएको हो ।

बिहीबार गृहनगर हेटौँडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बीआरआईबाट मुलुकले लाभ लिनुपर्ने भए पनि कार्यान्वयन नै हुन नसक्ने जीकिर गर्नुभयो । चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उहाँको भनाइ थियो ।

बीआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जीकिर गर्नुहुँदै अध्यक्ष थापाले भन्नुभयो, “बीआरआई सम्झौता स्वागत योग्य छ । तर यो कार्यान्वयन हुन्न । लगानीको मोडलका विषयमा काँग्रेस एमाले बीच नै मतभेद छ । अनेक अर्थ लाग्ने अस्पष्ट छ । चीन र नेपालबीच नै मतभेद छ ।” थापाले प्रधानमन्त्रीको आग्रहमा प्रधानमन्त्रीको इज्जतका लागि चीन सम्झौता मात्रै भएको उहाँको भनाइ छ ।

सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्नेमा पनि थापाले जोड दिनुभएको छ । ‘छिमेकी मुलुक भारतसँग पनि युग सुहाउँदो नयाँ सन्धि जरुरी छ । १९५० को सन्दर्भ र आजको समय उही छैन’, थापाले भन्नुभयो। थापाले भन्नुभयो:- ‘भारतसँगको सम्बन्ध र निर्भरताको विकल्प र मार्ग खोजी गर्नु जरूरी छ ।’ आफैं परराष्ट्रमन्त्री भएका बेला चीनसँगको पारवाहन सन्धि सन्धिमा मात्रै सीमित भएको पनि थापाले औँल्याउनुभयो ।

राप्रपा नेपालको अध्यक्ष समेत रहनुभएका थापाले भारतसँगको सन्धि, सम्झौतामा पनि पुनरावलोकन जरुरी रहेको बताउनुभयो । राजनीतिका हिसाबले भारतले नेपाललाई बेलायती दृष्टिकोण प्रेरित जवाहरलाल नेहरूको दृष्टिकोणबाटै हेर्ने जीकिर गर्नुहुँदै थापाले भन्नुभयो, ‘लामो समय नेपाल अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र परराष्ट्र नीति भारतबाटै निर्देशित थियो । मोदी पनि नेहरूकै पालाको दृष्टिकोणबाट नेपाललाई हेरिरहेको छ ।’

गृहनगरमा कमल थापाको कृतिमाथिको विमर्शलाई साहित्यकार निमेष निखिलले सहजीकरण गर्नुभएको थियो । ३ पटक परराष्ट्रमन्त्री बन्नु भएका थापाले आफ्नो कृति आत्मकथा नभई सत्यमा आधारित वास्तविक विवरण भएको बताउनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र त्यसकै सेरोफेरोमा नेपालको भूराजनीतिको तथ्यपरक विवरण प्रस्तुत भएको थापाको भनाइ छ । कुटनीति र परराष्ट्रका विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेजको रुपमा आफ्नो पुस्तक उपयोगी र पठनीय हुने थापाको भनाइ छ ।