२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रविका समर्थक र प्रहरी बिच मुठभेड, २० भन्दा बढी प्रहरी पनि घाइते



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र प्रहरीबीच आज केही बेर अघि मुठभेड भएको छ ।

जसका कारण चितवन तनावग्रस्त भएको छ । चितवनको जिल्ला प्रहरी कार्यलय अगाडि आज बिहानदेखि नै रास्वपा समर्थकले विरोध प्रदर्शन जारी राखेका थिए । यता रवि लामिछानेको बयान सुरु भएपछि समर्थकहरुले चर्काे विरोध गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुवै तर्फबाट मुठभेड सुरु भएको हो ।

प्रहरीले प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको जनाएको छ भने उता रविका समर्थकहरुले भने आफूहरुले संयम अपनाउँदा अपनाउँदै पनि प्रहरीलेृ र्नै लाठीचार्ज गरेको जनाएका छन् । तर ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए ।

प्रदर्शनकारीहरुले हानेको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ ।

त्यसैगरी प्रहरीले भने प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण आएको छैन । मुठभेड जारी नै रहेको त्यहाँको प्रहरीले जनाएको छ ।