२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल क्रिकेट : काठमाडौं गुर्खाज टस जितेर बलिङ गर्दै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ ।

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियोभने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो । काठमाडौँको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, साहव आलम, शङ्कर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन् ।

त्यसैगरी, कर्णालीको टोली कप्तान सोमपाल कामीसहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन् ।