२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कर्णाली र काठमाडौं तथा विराटनगर र लुम्बिनी भिड्ने



तस्बिर : एनपीएल
अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आज बिहान ९ बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्ने छन् । कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

दुवै टोली पहिलो जितको खोजीमा छन् । एक–एक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितविहीन छन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो ।

यसैगरी आजै दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगर दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो। आजको प्रतिस्पर्धामा विराटनगर पहिलो जितको खोजीमा हुनेछ ।

यता राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो जितसँगै प्रतियोगिता सुरु गर्न चाहन्छ ।