• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित

यूईएफए नेसन्स लिग: फ्रान्स र पोर्चुगल विजयी, इंग्ल्यान्ड पराजित



लन्डन । विश्व च्याम्पियन फ्रान्सले क्रोएसियाविरुद्धको अपराजित यात्रालाई आठ खेलसम्म निरन्तर राख्दै बुधबार यूईएफए नेसन्स लिगमा २–१ को जित निकालेको छ । खेलमा केयलिन एमबापले निर्णायक गोल गरे । यससँगै फ्रान्स समूह ‘थ्री’ को दोस्रो स्थानमा रह्यो । फ्रान्सको चार खेलबाट १० अंक भएको छ ।

गोल अन्तरमा पोर्चुगल समूहको शीर्ष स्थानमा छ । अर्को खेलमा क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगलले स्विडेनलाई ३–० ले हरायो । डिएगो जोटाले दुई गोल गरे । समूह ‘वान’ मा इटाली र नेदरल्यान्ड्सविरुद्धको खेल १–१ को बराबरीमा टुंगियो । यसै समूहमा पोल्यान्डले बोस्निया–हर्जगोभिनालाई ३–० ले पराजित गर्‍यो ।

पोल्यान्डका लागि रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । समूह २ मा इंग्ल्यान्ड भने वेम्बलीमा डेनमार्कसँग १–० ले स्तब्ध रह्यो । खेलको एक मात्र गोल क्रिस्टियन एरिक्सलने पेनाल्टीबाट गरे । यसै समूहमा बेल्जियमले आइसल्यान्डलाई २–१ ले हराएर शीर्ष स्थानमा उक्लियो ।