३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूईएफए नेसन्स लिग: फ्रान्स र पोर्चुगल विजयी, इंग्ल्यान्ड पराजित



अ+ अ-

लन्डन । विश्व च्याम्पियन फ्रान्सले क्रोएसियाविरुद्धको अपराजित यात्रालाई आठ खेलसम्म निरन्तर राख्दै बुधबार यूईएफए नेसन्स लिगमा २–१ को जित निकालेको छ । खेलमा केयलिन एमबापले निर्णायक गोल गरे । यससँगै फ्रान्स समूह ‘थ्री’ को दोस्रो स्थानमा रह्यो । फ्रान्सको चार खेलबाट १० अंक भएको छ ।

गोल अन्तरमा पोर्चुगल समूहको शीर्ष स्थानमा छ । अर्को खेलमा क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगलले स्विडेनलाई ३–० ले हरायो । डिएगो जोटाले दुई गोल गरे । समूह ‘वान’ मा इटाली र नेदरल्यान्ड्सविरुद्धको खेल १–१ को बराबरीमा टुंगियो । यसै समूहमा पोल्यान्डले बोस्निया–हर्जगोभिनालाई ३–० ले पराजित गर्‍यो ।

पोल्यान्डका लागि रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । समूह २ मा इंग्ल्यान्ड भने वेम्बलीमा डेनमार्कसँग १–० ले स्तब्ध रह्यो । खेलको एक मात्र गोल क्रिस्टियन एरिक्सलने पेनाल्टीबाट गरे । यसै समूहमा बेल्जियमले आइसल्यान्डलाई २–१ ले हराएर शीर्ष स्थानमा उक्लियो ।