१४ श्रावण २०८३, बिहीबार
,
Latest
दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै नेदरल्यान्डससँग नेपाल पराजित यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’



अ+ अ-

काठमाडौँ, १६ मङ्सिर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताउनुभएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०/८१ मा उल्लेखित युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयबारेको छलफलमा मन्त्री चौधरीले पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

“कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्दैन भन्ने बुझाइ गलत हो, प्रदेश सरकारले त्यहाँ करोडौँ रुपैयाँको लगानीमा संरचना निर्माण गरेको छ, त्यही संरचनामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन्छ”, मन्त्री चौधरीले भन्नुभयो । खेलाडीको सामाजिक सुरक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय र स्थान परिवर्तन गर्न नहुनेमा जोड दिनुभएको थियो । बैठकमा सांसदहरु पदम परियार, मदनकुमारी शाह, सुमित्रा बिसीलगायतले खेलकुद प्रतियोगिता तोकिएकै समय र स्थानमा गर्न मन्त्री चौधरीसँग अनुरोध गर्नुभयो ।

मन्त्रालयका सचिव सुमन अर्यालले खेलकुदलाई शिक्षा, संस्कृतिलगायत विधासँग पनि जोडेर काम गर्न लागिएको जानकारी गराउनुभयो । खेलकुद सङ्घले नै प्रतियोगिताको आयोजना गर्ने भएकाले तिनैलाई बलियो बनाउन लागिएको उहाँले बताउनुभयो । मन्त्रालयले नीति निर्माणको काम गर्ने सचिव अर्यालले बैठकमा जानकारी दिनुभयो ।रासस