९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री

हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
अ अ+ अ-

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् ।  उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए ।

आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले  जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मास प्रति किलो रु दुई सयमा विक्री गरेका छन् । हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन् ।

उहाँले भन्नुभयो, “त्यस वडाका कृषकहरु व्यावसायिक मास उत्पादनमा लागेका छन् । मासले बजार पाउँदा कृषक खुसी छन् ।” गाउँपालिकाले हाटबजारसम्म मास ढुवानीका लागि सवारी साधनको व्यवस्थापन गरिदिएको थियो । त्यस्तै मास उत्पादन गर्ने कृषकलाई प्रति किलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको प्रमुख केसीले बताउनुभयो ।

हाटबजारमा मास बिक्री गरेर एउटा कृषकले बढीमा रु ६० हजारसम्म आम्दानी गरेका छन् । खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरुले उत्पादन गरेको मासले बजार पाउँदा यसखेतीतर्फ लाग्न हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादनक आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ ।”

भकुण्डीका इश्वर गुरुङ, खेउसिङका इश्वर गुरुङ, मजुवाका मनबहादुर भुजेलले व्यावसायिक रुपमा मास खेती गरिरहनुभएको छ ।

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले गाउँ–गाउँ पुगेर मास सङ्कलन गरी हाटबजारसम्म ल्याउन वडाले सहजीकरण गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज विक्री वितरणका लागि प्रभावकारी थलोको रुपमा विकास भएको छ ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका कृषि उपज वस्तु विक्री वितरणका ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि उपज सामग्री आउछ भनेर कुर्छन् ।

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उहाँले बताउनुभयो । रासस