२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगाः बार्सिलोना र रियल दुबैको हार



अ+ अ-

म्याड्रिड । शनिबार रियल म्याड्रिड र बार्सिलोना दुवैले स्पेनी ला लिगामा हार बेहोरेका छन् । लिग च्याम्पियन रियल घरमा यसै सिजन मात्र बढुवा भएको काडिजसँग पराजित भएको हो ।  खेलको १६ औं मिनेटमा एन्थोनी लोजानोले गरेको गोल निर्णायक सावित भयो । यो सिजन अविश्वसनीय खेल प्रदर्शन गरिरहेको कार्डिजको १० अंक छ । रियल पनि समान १० अंकमा गोल अन्तरले शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा गेटाफेले अर्को खेलमा बार्सिलोनालाई १–० ले हराएको हो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाको यो पहिलो हार हो । गेटाफेका लागि जेमी माटाले पेनाल्टीबाट एक मात्र गोल गरे ।

बार्सिलोनाले यसअघि सेभियासँग पनि गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनाको चार खेलबाट सात अंक मात्र भएको छ । अर्को साता रियल र बार्सिलोना ‘एल क्लासिको’ मा भिड्दै छन् र यो खेल बर्नाबाउमा हुँदैछ ।