१३ मंसिर २०८१, बिहीबार
,
Latest
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल मानव बेचबिखनको आरोपमा एक जना पक्राउ उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ सन् २०२५ को आईपीएलमा अटाएनन् बंगलादेशका खेलाडी नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीमाटीमा मृत भेटिएकी महिलाको लिभर समस्याले मृत्यु भएको पोस्टमार्टम रिपोर्ट



अ+ अ-

काठमाडौँ । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिपोर्ट आएको छ ।

मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । बझाङ घर भएका २२ वर्षीय कवीन्द्र बोहराले मध्यराति सुर्खेतीको शव बोकेर हिडेको भिडियो सीसीटिभी क्यामेरामा देखिएको थियो ।

बोहराले महिलाको शव काँधमा बोकेर सडकमा फालेका थिए । उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार सुर्खेतीको मृत्यु लिभरको समस्याका कारण भएको देखिएको छ । पोस्टमार्टम रिपोर्टमा ‘डिजिज अफ द लिभर’ का कारण उनको मृत्यु भएको लेखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

सुर्खेतीको हत्यामा संलग्न आशंकामा पक्राउ परेका कवीन्द्र बोहरा लागुऔषध सेवनकर्ता समेत हुन् । उनी यसअघि पनि चोरी डाँका,अभद्र व्यवहार सम्बन्धीलगायत कसुरमा १० पटक पक्राउ परिसकेका थिए । उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।