२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ दिनपछि रिहा भए कोशीका पूर्वमन्त्री अधिकारी



अ+ अ-

विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई सोमबार साँझै रिहा गरेको हो ।

कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि मन्त्री अधिकारीमाथि छानबिन भएको थियो । अधिकारीलाई कात्तिक २५ गते विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।