८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

दशैं भत्ता ! अब प्रदेश र स्थानीय सरकारले के गर्ने ?

दशैं भत्ता ! अब प्रदेश र स्थानीय सरकारले के गर्ने ?
अ+ अ-

काठमाडौं । यति खेर काठमाडौंमा दशैँ भत्ताको माहोल शुरु भएको छ । नवरात्रको आज तेस्रो दिन भइसकेको छ र दशैँले पनि छपक्कै छोपिसकेको छ । त्यसैले दशैँ भत्ताको चर्चा परिचर्चा हुनु स्वाभाविकै हो । कर्मचारीमा त यस्तो हुनु स्वाभाविक हो नै । तर अस्वाभाविक यहाँ यसरी हुन पुग्यो कि सरकारले एकैदिन अब कोरोना संक्रमितको उपचार सरकारले गर्न नसक्ने भन्ने खबर एकातिर बाँड्यो भने अर्कातिर सांसद र मन्त्रीहरुका खातामा करोडौँ रुपैयाँ दशैँ भत्ता हालिदियो । त्यसैले यसपालिको दशैँको यो दशैँ भत्ता एकदमै अमिल्दो भयो ।   

आज देशभर सक्रिय कोरोना संक्रमितको संख्याले ४० हजार नाघ्यो । दिनदिनै संक्रमित हुनेहरुको पारोले आधा लाख उन्मुख हुन खोज्दैछ । राजधानीमा सामुदायिक आइसोलेसनको व्यवस्था छैन । राजधानी उपत्यकाका अस्पतालमा बेड निकै थोरै छ यहाँ बस्ने जनसंख्याको तुलनामा । त्यसैले यतिखेर अस्पतालमा बेड मिलाउन ठूलाबडाहरुको फोन आउन थालेका निजी अस्पतालका सञ्चालकहरु भन्छन् । सर्वसाधारणले त झन् बेड पाउन सक्ने कुरै भएन । उनीहरु घरमै, डेरामै बसेका छन् तातो पानीको भरमा । हो, यस्तै बेलामा दशैँ भत्ता बाँडेकोले अमिल्दो भएको हो । 

अघिल्लो दशैँमा पनि माननीयहरुले के खाए, के लाए, कसरी दशैँ मनाए जनताले चासो राखेका होइनन् । यतिबेला भने देश महामारीको महासंकटमा फसिरहेका बेला, सात महिना भन्दा लामो समयदेखिको बन्दाबन्दीबाट मजदुर किसान बर्गको एक छाक गाँस शुरु भएको धेरै भयो । तिनको दशैँको कुनै पत्तो छैन । तिनका लालाबालाहरुले गत वर्षजस्तै नाना र खाना पाउने अवस्था नै छैन । यस्तो बेलामा तिनै गरिब बर्गका नेता मन्त्री सांसदहरुले खुलेआम दशैँ भत्ताको चर्चा गर्दा अमिल्दो मात्र होइन, जनतालाई अमिलो नै भएको छ ।   

यसैले पनि धेरै नागरिकले दशैँ भत्ताको विषयमा व्यापक विरोध भएपछि केहीले हिजो नै फिर्ता गरे । नेपाली काँग्रेसले आज दशैँ भत्ता सबै फिर्ता गर्न सांसदहरुलाई निर्र्दशन दियो । त्यसपछि आज नै सबै सांसदहरुले फिर्ता गर्ने जनाएका छन् । त्यसपछि सभामुख अग्नि सापकोटाले धन्यवाद दिएका छन् । 

यससँगै अब मन्त्री र प्रधानमन्त्रीको भत्ता के हुन्छ भन्ने प्रश्न उठ्यो । आजै उठेको त्यो प्रश्नको निरुपण भने छिट्टै भएको छ । किनभने मन्पिरिषदबाटै आज प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका हुन् । 

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे । तर प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको बारेमा भने केही आएको छैन । 

यहाँ यतिखेर उठाउन खोजेको प्रश्न पनि जनप्रतिनिधिहरुकै हो । संघीय सांसद, मन्त्रीको दशैँ भत्ता त सारा जनताको विरोध भएपछि फिर्ता आयो । कतिले खुशीले फिर्ता दिए भने केहीको पार्टीको निर्देशन पछि आयो । मन्त्रीहरुलाई मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले नै आदेश गरे । तर यहाँ उठेको प्रश्नको जवाफ कसले देला ? संघीय सांसद र मन्त्रीहरुले फिर्ता गरेपछि अब मुख्यमन्त्री, प्रदेश मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले गर्नु पर्छ कि पर्दैन ?