८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

निशुल्क उपचारको आदेश अटेर गर्ने अस्पताललाई जनतालाई पैसा तिराउन यस्तो हतार !

निशुल्क उपचारको आदेश अटेर गर्ने अस्पताललाई जनतालाई पैसा तिराउन यस्तो हतार !
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारी अस्पतालहरुले कोभिड, १९ संक्रमित बिरामीको उपचार खर्च नव्यहोर्ने निर्णय सोमबारदेखि लागू गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको नियमित पत्रकार सम्मेलनमा बताएका थिए । अस्पतालहरुले यही निर्णय कार्यान्वयन गर्न थालेका हुन् ।  

काठमाडौंस्थित सिभिल अस्पतालले सोमबार एक सूचना जारी गरी संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ । ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ । खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम सोमबारदेखि लागू भएको कान्तिपुरलाई जानकारी दिए । ‘पहिला त हामीले निःशुल्क नै गरेका हौं नि, सरकारले यो निर्णय गरेपछि लागू गरेको हो,’उनले भने ।

वीर अस्पतालले पनि यो निर्णय छिट्टै लागू हुने जनाएको छ । ुसरकारको निर्णयअनुसार छुट्याइएको समूहबाहेक अरुको उपचार नब्यहोर्न भनिएको छ सम्भवतः भोलिदेखि लागू हुन्छ होला,ु अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले भने यो निर्णयको लागि स्पष्ट गाइडलाइन तयार भएमात्र भविष्यमा लागू हुनसक्ने बताए । उनले भने,‘अहिले सरकारले बिरामीको अवस्थाअनुसार उपचारको दैनिक भत्ता दिइरहेको छ अनि हामीले किन बिरामीलाई तिराउने ?’ उनले सक्ने व्यक्तिहरुले महंगो औषधि किन्न पैसा भने तिर्दे आएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी गराएको छ । मन्त्रालयका अनुसार जसले कोरोना बीमा गरेका छन् र उनीहरुको उपचार खर्च बीमा रकमबाट काटिने छ ।

तर दुःखको कुरा त के छ भने यसअघि निजी अस्पताललाई कोरोना परीक्षण सरकारी निर्णय अनुसार गर्न आदेश दिँदा पूरै अटेर गरे । उनीहरुले मात्र होइन सरकारले पनि कोरोना परीक्षणको सरकारी दर कायम गरेको आदेश पनि निकै पछि मात्र सरकारी अस्पतालले पालना गरेका थिए । तर यता शुल्क लिने भनी सरकारले आइतबार मात्र घोषणा के गरेको थियो सोमबार देखि नै सरकारी र निजी अस्पतालले शुल्क तोकिसकेका छन् । यतिमात्र होइन कि कतिपय सरकारी असप्तालहरुले त उपचारको शुरु हुनू अगावै शुल्क तिर्न भनेका छन् । कान्तिपरमा समाचार छ ।