२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन



अ+ अ-

काठमाडौं । हिमालय एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ ।

एयरलाइन्सले आज एक बिज्ञप्ति जारी गर्दे यात्रुहरूलाई सहज बनाउन उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको जानकारी गराएको हो । एयरलाइन्सलेयो निर्णय २१ नोभेम्बरदेखि लागू भएको समेत जनाएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० घण्टा बन्द हुने कारण देखाउँदै अन्तर्राष्ट्रिय उडानमा लिइएको उच्च भाडादरबारे आएका जनगुनासोलाई गम्भीर रूपमा लिएको समेत जनाएको छ ।

विज्ञप्तिमा एयरलाइन्सले हवाई टिकटको कालोबजारी रोक्न र विदेश यात्रा गर्ने सर्वसाधारणलाई उचित भाडा दर उपलब्ध गराउन आफ्नो सिट क्षमताभित्रै उचित दर कायम गरेको जानकारी गराएको छ।

एयरलाइन्सले कालोबजारी भेटिएमा नेपालको सम्बन्धित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।