८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

कर्णालीको कुरा मिल्यो– बालुवाटार, मिलेको छैन– खुमलटार !

कर्णालीको कुरा मिल्यो– बालुवाटार,  मिलेको छैन– खुमलटार !
अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध बहुमत सासदले हस्ताक्षर गरी अबिश्वासको प्रस्ताब दर्ता गरेपछि  नेकपा भित्र ठुलै हल्लीहल्ली भयो । केन्द्रका नेताहरुको निर्देशन पछि नै दर्ता  प्रस्ताबले शिर्षतहमा नै मनमुटाब उत्पन्न गराएपछि  बिवाद मिलाउनका लागि बालुवाटार र खुमलटारलाई तिब्र दवाब पर्यो  । 

आ आफना गुटका नेताहरु लाई औपचारीक  रुपमा पछि नहट्न र औपचारिक रुपमा सहमति गर्न निर्देशन दिएका दुबै पक्षका नेताहरुले बिवादको पोका बोकेर काठमाडौ आउन  निर्देशन दिए ।  कोरोना कहरका कारण मुलुकै अस्तब्यस्त बनेको बेला कर्णाली प्रदेशका  मुख्यमन्त्री सहितका नेताहरु केही दिन यता बालुवाटार खुमलटारका धाउदैमा ठिक्क छ । 

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दहालले छुट्टा छुट्टै रुपमा कुरा सुनेपछि समस्यालाई सुझाउन भन्दै मंगलबार बालुवाटारमा छलफल गरे । छलफलबाट बालुवाबाट तेल निस्के जस्तै अविश्वास  प्रस्ताव दर्ता हुनुको अबस्थामा  नै फर्कने सहमति दुई नेता बीच भयो । 

अबिश्वासको प्रस्ताब फिर्ता लिने , प्रमुख सचेतक पुरानौ कायम रहने , अबका दिनमा छलफल गर्दे सहमति अघि बढ्न निर्देशन दिने भन्ने एक खालको अनौपचारिक सहमति भयो ।  सहमति भएको कुरा कार्यकारी अध्यक्षका हिसाबले दाहालले निर्देशन  दिने कुरा पनि भयो । 

सहमति  गरेर दहाल बालुवाटार गेट बाट बाहिर निस्कन नपाउदै  प्रधानमन्त्रीका स्रञ्चार सल्लाहकार सूर्य थापाले हत्तपत्त सामाजिक संञ्जाल मार्फत सार्बजनिक गरिदिए पछि निम्न लागेको आगोमा ध्यू थप्नेकाम  भयो ।  

जसको तत्कालै अध्यक्ष दहालका सचिवालयका तर्फ बाट प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले  एक प्रेस नोट जारीगर्दे अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष  दाहाल बीच कर्णाली प्रदेशको बिषयमा छलफल भए पनि कुनै सहमति नभएको भन्दै थापाको सुचना माथी सत्यता नभएको जानकारी गराउनु भयो । 

सापकोटाले  लेख्नुभएको छ –उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ । 

एक साता देखी नेकपाको टाउको दुःखाईको बिषय बनेको  नेकपा कर्णालीको बिवादका बारेमा बालुवाटारमा दुई शिर्ष नेता मात्र बसेर गरिएको भनिएको सम्बादका बारेमा एक ले अर्का माथी सार्बजनिक रुपमा प्रश्न उठाउन थाले पनि नेकपा भित्र हिजो भएको भनिएको मूर्त वा अमूर्त सहमति कसरी कार्यन्वयन होला ।