१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने
अ अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।

विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोली बीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसंघका सहमहासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतत्वको टोली सहभागी थियो । छलफलमा युएनडिपीले नेपालमा सञ्चालित कार्यक्रमको समिक्षा गर्दे आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम व्यूरो निर्देशक समेत रहनुभएका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३) बनाउने तथा कार्यान्वय योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिनुभयो । भेटवार्ता पछि बाकुस्थित न्युज एजेन्सी नेपालका प्रतिनिधि कृष्णा पौडेललाई संक्षिप्त प्रतिक्रिया दिँदै सहमहासचिव मार्कोसले नेपालको सम्मुन्नत विकासमा युएनडिपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधै तयार रहेको बताउनु भयो । साथै नेपालले हिमालको मुद्दा र हानि नोक्शानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले जलवायु अनुकुलन कार्य, हानी नोक्शानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र युएनडिपिको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले विशेष गरेर जलवायु प्रतिवद्धता, स्केला लगायत कार्यक्रमहरुलाई नेपाल सरकारसंगको सहकार्यमा सञ्चालन गरिने बताउनु भयो ।

युएनडिपिले राष्ट्रिय जैविकविविधता रणनीति र कार्य योजना बनाउन नेपाल सरकारलाई सहयोग गरिरहेको छ । नेपालस्थित युएनडिपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजना मार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।