८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै चुरेफेदीका स्थानीयवासी



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । उनीहरु वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् । खानेपानीका लागि अर्को विकल्प नहुँदा असुरक्षित पानी वर्षौँदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताए। “सेतो कपडा लगाउनै हुँदैन”, उनले भने, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई÷तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ ।” ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ । अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन् । खानेपानीको अर्को विकल्प नहुँदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासी अकवर धामीले बताए । “माथि सतहको पानी पिउन योग्य छैन”, उनले भने, “ आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन् ।” 

गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ । अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ ।  “वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भने, “टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ । पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था छ ।” “केही दिन जारको पानी पिउनका लागि प्रयोग गर्यौ। हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहँुदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ”, उनले भने, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेट विनियोजन गरिएको छ । त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ ।” 

स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् । पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास छ ।