१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल

बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल
अ अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाउनुभएको छ ।

सोमवार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताउनु भयो । उहाँले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पार्नुभयो । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यो बीआरआईको जुन कुरा छ । यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो अवधारणा अहिले विकास गर्दै गर्दै झण्डै झन्डै अहिले ग्लोबल अवधारण बनिसक्यो । ग्लोवल प्रोजेक्ट जस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ । ३ हजार करिव सम्झौताहरु बनिसकेका छन् । र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १।४ ट्रिलियन डलर लगानी भएको देखिन्छ । र, यो चीन र बीआरआई मुलुकहरुबीचको व्यापार मात्रै हेर्नुभयो भने पनि छ ट्रिलियन डलर भन्दा बढिको व्यापार हुन थालेको छ । अब यो प्रोजेक्ट चिनिया प्रोजेक्ट मात्रै भएन, यो एउटा ग्लोवल प्रोजेक्ट हो । संसारमा १९३ वटा मुलुक छन । १५३ मुलुकले यसमा सम्झौता गरिसकेका छन् । अब करिव ४० मुलुकमा त बाँकि रहे । दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ । फाईदाजनक रहेछ, लाभकारी रहेछ । त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री हो नि । कुन चाहीँ प्रोजेक्ट हामी अनुदान लिनसक्छौ, त्यो नेगोशिएशनमा भर पर्छ । कुन चाहीँ प्रोजेक्टमा हामीले लोन लिनसक्छौं, नेगोशिएशनमाथि भरपर्छ । कुन चाँही प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौ, नेगोशिएशनमाथि भर पर्छ । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरुसँग, विदेशहरुसँग सम्बन्ध राख्नुपर्छ । र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरु आएको छ । यो पूर्वागहपूर्ण कुराहरु मात्रै हो ।’

‘यस्ता कुराहरुमा नेपाल जस्तो एउटा स्वतन्त्र मुलुक जसले स्वतन्त्रता दिवस पनि मनाउँदैन । हामी सदासर्वदा स्वतन्त्र मुलुक हौं । यस्तो मुलुकले त्यस प्रकारको कुनैपनि वाह्य प्रेसरहरुको आधारमा हामीले आफनो नीति बनाउने होइन । हामीले स्वतन्त्रताका साथ बीआरआई प्रोजेक्न पनि लिनुपर्छ । अरु कुनैपनि देशबाट लिने सम्झौता, सहमतीहरु हाम्रो देशको आवश्यकता अनुसार गर्नुपर्छ । भूराजनीतिक जटिलता अहिले मात्रै होइन, धेरै पहिलेदेखि भएको छ । र यो जारी रहन्छ । त्यसकारण भूराजनीतिक जटिलता भित्र सत्तारुढ दलहरु पर्नुपर्ने आवश्यकता छैन । हामो देश पर्नुपर्ने आवश्यकता छैन । कुनै नेताहरुलाई त्यसैबाट डिप्रशेन पैदा भएको छ भने त्यो बेग्लै कुरा हो । तर नेपाल एउटा इन्डिपेन्डेन्ट कन्ट्री हो । हामीले त्यो हेल्दी ढंगले अगाढि बढनु पर्छृ आग्रह र पूर्वाग्रहको पासोमा पर्नुहुँदैन । प्रधानमन्त्रीले के भन्नुभयो भने यसपालीको भमणमा लोन सम्झौता गर्दिन भन्ने खालको कुरा गर्नुभयो । ठिक छ यो भ्रमणमा लोन सम्झौता गर्नु हुन्न भने त्यो तपाईको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाँही असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौं ।’

बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले पैmसला गर्ने भएकाले त्यसमा अरु देशको दवावको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहो¥याउनु भयो ।