२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने



अ+ अ-

भजनी । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताउनुभएको छ । “हामीले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको सङ्क्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो”, कार्यक्रम संयोजक विकले भन्नुभयो, “अब कार्यक्रमको तयारी सुरु गरेका छौँ । हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट देशभर चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौँ ।”

उहाँले खेलकुदसँग पर्यटन क्षेत्र पनि जोडिएको कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताउनुभयो । “लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् । मेयर उपमेयर कप भए पनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन”, कार्यक्रम संयोजक विकले भन्नुभयो, “हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहान्छौँ । त्यसैले वर्षौंसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौँ र त्यसलाई निरन्तरता दिइरहेका छौँ ।”

गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर रु एक लाख ५१ हजार एक बनाइएको बताइएको छ । कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागतरुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो । त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले रु ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छ । खेलमा तेस्रो स्थान हुनेले रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले  चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ । सो खेलकुद प्रतियोगिता आयोजना गर्न रु सात लाख ६० हजारको अनुमानित खर्च आकलन गरिएको छ ।