८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन गरिने

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन गरिने
अ+ अ-

काठमाडौं । बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताउनुभएको छ । कार्यविधि अनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ । स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताउनुभयो । पुनस्थापनमा पछि जीविको पार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सम्न्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उहाँले बताउनुभयो । यस्तै बाढी पहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दिर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्नेछ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जोखिमका लागि वित्तीय लगानीको अवधारणा अनुसार घर तथा सम्पत्तिको बीमा  गर्ने लगायतका औजारहरुको प्रयोग गरिनेछ ।

सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछाम लगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षति र तीनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भइसकेको पनि उहाँले बताउनुभयो । प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै विपद व्यवस्थापनका अन्य कार्यक्रमहरुलाई अगाडि बढाउने पनि पोखरेलले बताउनुभयो । यस्तै प्राधिकरणले बाढी, पहिरो, आगलागि, भूकम्प लगायतबाट हुने विपदको व्यवस्थापनका लागि वृहत कार्यविधि तयार गरी काम गर्न लागेको पनि उहाँले बताउनुभयो ।