काठमाडौँ । कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गर्दै कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।











