१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।

आज तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव १७ र जलविद्युत् समूह तीन दशमलव ०७ प्रतिशतले घटेको छ ।

बैंकिङ एक दशमलव ११, विकास बैंक दुई दशमलव २९, वित्त दुई दशमलव ३१, लगानी दुई दशमलव ०८, जीवन बीमा एक दशमलव ९४ र उत्पादन तथा प्रशोधन एक दशमलव ४८ प्रतिशतले घटेको छ ।

लघुवित्त समूह एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा एक दशमलव ६९, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको नौ दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । आज यो कम्पनीको रु ४६ करोड ६८ लाख ९९ हजार आठ सय पाँच बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर किनबेच भएको छ ।