३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयाक्समाथी लिभरपुलको जित



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को सुरुआती लिग चरणको खेलमा बुधबार लिभरपुलले आयाक्सको घरमा १–० को जित निकाल्यो । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको लिभरपुल डच भूमिमा भाग्यमानी साबित भयो । उसका लागि समूह ‘डी’ को खेलमा निकोलस टागलिफिकोले आत्मघाती गोल गरे ।

म्यानचेस्टर सिटीले भने एक गोलले पछाडि रहेको स्थितिबाट एफसी पोर्टोलाई ३–१ ले पन्छायो । समूह ‘सी’ को इतिहाडमा भएको खेलमा पोर्टोले लुइस डियाजको गोलमा अग्रता लिएको थियो । तर त्यसयता सिटीका तर्फबाट सर्जियो एगुरोले बराबरीका लागि पेनाल्टीबाट पहिलो गोल गरे । यो च्याम्पियन्स लिगमा उनको ४०औं गोल रह्यो ।

त्यसपछि पेप ग्वार्डिओलाको सिटीका लागि इकाय गुन्डोगन र फेरान टोरेसले गोल थपे । अन्य खेलमा ओलम्पियाकोजले मार्सेलाई १–० र एटलान्टाले मिडटिजल्यान्डलाई ४–० ले हरायो । यस्तै साल्जबर्ग र लोकोमोटिभ मस्को तथा इन्टर मिलान र मुन्छेनग्लाडबाखले समान २–२ को बराबरी खेले ।