८ भाद्र २०८३, सोमबार
,
Latest
पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ?



अ+ अ-

एजेन्सी । भारतीय मूलकी नासाको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनको साथी ब्यारी विल्मोर फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्कनेछन् ।

दुवै अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा छन् । यसैबीच सुनिताको वजन लगातार घट्दै गइरहेको विभिन्न रिपोर्टमा दाबी गरिएको छ ।

अब उनले पहिलो पटक यस विषयमा जवाफ दिएकी छन् । वास्तवमा उनको तस्बिर सार्वजनिक भएको थियो, जसमा उनी निकै पातली देखिइन् ।

तस्विर बाहिर आएपछि सुनिताको तौल घटेको चिन्ता बढेको छ । उनले पहिलो पटक यी समाचारलाई लिएर बयान दिएकी छन् । सुनिताले नासासँग कुरा गरिन् । यसमा उनले आफ्नो तौल उस्तै रहेको महसुस गरेपनि शरीरमा केही परिवर्तन आएको बताइन् ।

सुनिताले नासासँगको कुराकानीमा अन्तरिक्ष स्टेशनमा धेरै परिवर्तन हुने बताइन् । उनले भनिन्, ‘मैले तौल घटाउँदैछु भन्ने हल्ला चलिरहेको छ । वास्तवमा म त्यही मात्रामा छु । हामी हाम्रो वजन मापन गर्छौं र हामीसँग स्प्रिङ मास छ । हामीले तौल नापेका छौं । बुच र मेरो तौल उस्तै छ जुन हामी यहाँ आइपुग्दा थियो ।’

दुवै अन्तरिक्ष यात्री करिब पाँच महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा छन् । बोइङ स्टारलाइनरमा भएको खराबीका कारण दुई अन्तरिक्ष यात्रीको फिर्ती फेब्रुअरी २०२५ मा सारिएको छ । यसअघि मिसन आठ दिनको लागि मात्र थियो तर हिलियम चुहावट र थ्रस्टर फेल भएका कारण उनीहरु फर्किन सकेनन् ।

सुनिता विलियम्स र ब्यारी विल्मोरलाई फिर्ता ल्याउन एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन क्रु क्याप्सुल पठाइयो । स्टारलाइनर सेप्टेम्बर ६ मा कुनै चालक दल बिना पृथ्वीमा फर्कियो ।

 




भर्खरै