१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ?



अ+ अ-

एजेन्सी । भारतीय मूलकी नासाको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनको साथी ब्यारी विल्मोर फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्कनेछन् ।

दुवै अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा छन् । यसैबीच सुनिताको वजन लगातार घट्दै गइरहेको विभिन्न रिपोर्टमा दाबी गरिएको छ ।

अब उनले पहिलो पटक यस विषयमा जवाफ दिएकी छन् । वास्तवमा उनको तस्बिर सार्वजनिक भएको थियो, जसमा उनी निकै पातली देखिइन् ।

तस्विर बाहिर आएपछि सुनिताको तौल घटेको चिन्ता बढेको छ । उनले पहिलो पटक यी समाचारलाई लिएर बयान दिएकी छन् । सुनिताले नासासँग कुरा गरिन् । यसमा उनले आफ्नो तौल उस्तै रहेको महसुस गरेपनि शरीरमा केही परिवर्तन आएको बताइन् ।

सुनिताले नासासँगको कुराकानीमा अन्तरिक्ष स्टेशनमा धेरै परिवर्तन हुने बताइन् । उनले भनिन्, ‘मैले तौल घटाउँदैछु भन्ने हल्ला चलिरहेको छ । वास्तवमा म त्यही मात्रामा छु । हामी हाम्रो वजन मापन गर्छौं र हामीसँग स्प्रिङ मास छ । हामीले तौल नापेका छौं । बुच र मेरो तौल उस्तै छ जुन हामी यहाँ आइपुग्दा थियो ।’

दुवै अन्तरिक्ष यात्री करिब पाँच महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा छन् । बोइङ स्टारलाइनरमा भएको खराबीका कारण दुई अन्तरिक्ष यात्रीको फिर्ती फेब्रुअरी २०२५ मा सारिएको छ । यसअघि मिसन आठ दिनको लागि मात्र थियो तर हिलियम चुहावट र थ्रस्टर फेल भएका कारण उनीहरु फर्किन सकेनन् ।

सुनिता विलियम्स र ब्यारी विल्मोरलाई फिर्ता ल्याउन एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन क्रु क्याप्सुल पठाइयो । स्टारलाइनर सेप्टेम्बर ६ मा कुनै चालक दल बिना पृथ्वीमा फर्कियो ।