२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्यः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले अहिले सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताउनु भयो ।

उहाँले नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरु सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको बताउनु भयो । उहाँले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवद्र्धनमा सघाउ पु¥याउन “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरेको बताउनु भयो । उहाँले लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विकासउन्मुख देशमा स्तरउन्नती भएको परिवेशमा विश्व प्रतिष्पर्धामा आउन नयां नयां इनोभसन सोचका साना मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयां सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएकोछ । यसरी व्यवसाय बिस्तार गर्न सकियो भने, अर्थतन्त्रको विकासमा नयां अवसरहरु सिर्जना हुनेछन्, नवप्रवर्तनले लागत घटाइ व्यवसाय विस्तार हुनुका साथै उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने एउटा महत्वपूर्ण माध्यम बन्ने हाम्रो विश्वास छ । यस महासंघमा पनि इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवद्र्धनमा सघाउ पु¥याउन “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरिएको छ, यो फोरममार्फत इनोभेटिभ स्टार्टअप एवं एसएमइजका नीतिगत व्यवस्थाहरु, प्रक्रियागत सहजतादेखि लिएर क्षमता अभिबृद्धिका विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया, सेमिनार, लगानीमा पहुंच, बजार विस्तारसम्मका विषयहरुमा नेपाल सरकार, दातृ निकाय एवं सरोकारवाला निकायहरुसंग छलफल एवं सहकार्य गर्दै आएको छ । लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको छ भने लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लगानी विस्तारमा काम गरिरहेको छ ।’ 

अध्यक्ष ढकालले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रकृयाहरुमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताउनु भयो । उहाँले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको उल्लेख गर्नुभयो । सरकारले नीतिगत स्पष्टता, स्थिरता र शिघ्र एवं प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शुसासनमा सुधार गरी युवाहरुलाई काम गर्न उत्साहित र प्रोत्साहित गरिनुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल




भर्खरै