१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती

मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना

मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
अ अ+ अ-

जानकी । राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालगञ्जको राँझास्थित श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्न लागेको हो ।

ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

“बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत स्तनधारी प्राणी र यहाँका मनमोहक चुरेका टाकुरालाई पर्यटनको विकासमा जोड्न सकियो भने यो निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना भएको हुनाले नेपाली सेनाले यसको प्रर्वद्धनका लागि टुर दी बाँके नेसनल पार्कको आयोजना गर्न लागेको हो”, उहाँले भन्नुभयो ।

उहाँले कान्छो निकुञ्जका रुपमा उक्त बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको बताउँदै यसलाई सधैँ कान्छो निकुञ्जका रुपमा नहेर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गर्नुभयो । बाँके राष्ट्रिय निकुञ्जलाई नाघेर हजारौँ पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने र उताबाट फर्किएर पुनः चितवन राष्ट्रिय निकुञ्जको सफारीमा जाने प्रचलन भएको हुँदा अब बाँके राष्ट्रिय निकुञ्जलाई नै पर्यटकहरुको ‘हब’ बनाउनमा नेपाली सेनाले कदम चालेको उहाँको भनाइ थियो ।

“यो निकुञ्जलाई पर्यटन प्रवद्र्धनमा अगाडि बढाउन निकुञ्जसँग जोडिएकै कोहलपुर र नेपालगञ्जमा सुविधासम्पन्न होटल छन्, निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत अवस्थित छ”, प्रमुख सेनानी गुरुङले भन्नुभयो, “प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवद्र्धन गरी संसारभर पुर्याउने र आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरेका छौँ ।”

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापाले निकुञ्जको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि निकुञ्जको भित्री ‘कोर एरिया’मा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दी बाँके नेसनल पार्क’ हुने जानकारी दिनुभयो ।

“ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेक्वा ओभरी पुगेर समाप्त हुनेछ”, उहाँले भन्नुभयो, “हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि यहाँबाट साइकल यात्राको आयोजना गर्दै आएको देखियो, तर यस वर्ष बाँके राष्ट्रिय निकुञ्जमै यो कार्यक्रम गर्न लागेका हौँ, बाँके निकुञ्जलाई विश्वमाझ चिनाउन हरेक तह र तप्काबाट सहयोग हुनुपर्दछ ।”

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुनेछ । आयोजकका अनुसार ५० जना जति बाँके साइकल सङ्घमार्फत र बाँकी नेपाली सेना लगायतबाट सहभागिता रहनेछ । बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताउनुभयो ।

उहाँले ‘टुर दी बाँके नेसनल पार्क’ मा साइकल सङ्घमार्फत ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताउनुभयो । साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउनका लागि ‘टुर दी बाँके नेसनल पार्क’ महत्वपूर्ण हुने उहाँले बताउनुभयो । ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, ताल तलैया जलाशय, जडीबुटी, वनजङ्गल, बोटबिरुवा लगायतको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको ४ नं वाहिनी अड्डाले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो । विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि श्री अर्जुनवाण गण हुँदै हाल श्री रणबम गणले निकुञ्जको सुरक्षा गरिरहेको छ ।