३ मंसिर २०८१, सोमबार
,
Latest
प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव नागा चैतन्य र शोभिताले कहिले गर्दैछन् बिहे ? ‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’ १० औं राष्ट्रिय खेलकुद अब कहिले ? पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा चेक बाउन्स मुद्दामा लामा पक्राउ आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले ‘अग्निदहन’ बनाएका हौं–कोविदशरण उपाध्याय प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को बढ्दो माग: अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा



अ+ अ-

काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । राष्ट्रिय योजनामा आयोगमा आइतबार हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा अर्यालले राजीनामा दिएका हुन् ।

मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा सम्भवत: उक्त राजीनामा पेश हुने र स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अर्यालले आइतबार दिउँसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुन: फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।

उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारी बिना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएको बताइएको छ ।

अर्यालमाथि अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दर्ता भएको पछिल्लो दिन असार १० मा मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको थियो ।