८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु: अझै लिन्छन् थप ५० प्रतिशत भाडा

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु: अझै लिन्छन् थप ५० प्रतिशत भाडा
अ+ अ-

सर्लाही । प्रदेश नं २ का लामो रुटमा चल्ने  सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताए । अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको उनको आरोप थियो । यसक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरूले खासै वास्ता नगर्ने गरेको यात्रु महतोको भनाइ थियो । मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासा सनेजस्तो गरेपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताए । 

नेपालीको महान चाड बडादशैँ शुरु भएकाले मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमताअनुसार नै यात्रुुहरू राख्न पाउने र पुरानै भाडादर (२०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर) कायम हुने निर्णय भएको जनाएको थियो तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरूले बेवास्था गरेर थप ५० प्रतिशत भाडा असुलिरहेका हुन् । आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको,यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायताकक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नीयमानुसार कार्बाही गरेको पथलैयास्थित २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीप्रमुख तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।
उनका अनुसार यात्रुहरूले वास्तविक समस्या नसुनाएका कारण पनि समस्या आएको तर गुनासो आएलगतै कार्बाही गर्ने गरिएको छ ।

लामो समयसम्म थन्किएर बस्नुपरेकाले आफ्ना व्यवसाय फष्टाउन नसकेका कारण पनि यात्रुहरूले  खुसीले भाडा दिने गरेको यातायात व्यावसायीसमेत रहेका सवारी चालक विनोद साहले बताए । साथै यात्रुहरूले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आपूmहरूलाई बचाउने गरेको साहको भनाइ थियो । प्रदेश नं २ का आठवटै जिल्लाका पूर्व–पश्चिम लोकमार्ग, भित्री सडक खण्ड, सिमानाका गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका र  प्रदेश प्रदेश नं २ मा मात्र  २४४ पूर्व– पश्चिम लोकमार्ग पर्दछ ।