१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा शुरु

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा शुरु
अ अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताउनु भयो । उहाँले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताउनु भयो ।

उहाँले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि बताउनु भयो । उहाँले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको बताउनु भयो । उहाँले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताउनु भयो । उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने बताउनु भयो । उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सुन्धारा शाखाले आजदेखि नेपाल टेलिकमको सर्भिस भेलिभरीलाई रोबर्ट प्रणालीमा जाने उद्देश्यले आजदेखि मैना रोबर्टबाट डेमो शुरु गरेका छौं । रोबर्टबाट उत्कृष्ट कर्मचारी घोषणा र कार्यालयको विषयमा डेमो गर्ने कार्यक्रम भएको छ । सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालयको हिसाबमा विभिन्न कार्यहरु शुरु गरेका छौं । सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ । बाहिर फिल्डमा पनि ७ देखि ७ बजेसम्म नै काम गर्छौंैै । शनिवार पनि खुला हुन्छ । सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं । त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ । बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ । हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ ।’

उहाँले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताउनु भयो । उहाँले हरेक शनिवार पनि कार्यालय खुला हुने बताउनु भयो । उहाँले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।