८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख

प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखलाई भेटेको खुलासा भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रअका प्रमुख सामन्तकुमार गोयलबीच प्रधानमन्त्रीको भेटवार्ता भएको पुष्टि गरेका हुन् । 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रेस नाेट राख्दै सल्लाहकार थापाले रअ प्रमुख भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनु भएको  र प्रधानमन्त्रीले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको जानकारी दिएका  छन् । रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार नेपाल आएका थिए ।

यसैबीच, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पुष्पकमल दाहाल दुबैले रअका प्रमुखसँग भेटघाट नगरेकाे दाबी गरेका छन् । तर स्राेतहरूले दुबै नेताले रअ प्रमुखसँग भेटघाट र छलफल गरेकाे दाबी गरेका छन् ।

नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले विज्ञप्ति नै जारी गरेर भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गाेयलसँग भेटघाट नभएकाे जनाएकाे छ ।

प्रचण्डका प्रेस संयाेजक विष्णु प्रसाद सापकाेटाद्वारा जारी विज्ञप्तिमा संवेदनशील विषयमा झुट, कपाेलकल्पित र भ्रामक समाचार प्रति खेद प्रकट गर्दै आम जनसमुदाय र संचार जगतलाइ भ्रममा नपर्न आग्रह गरिएकाे उल्लेख छ ।