८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

विज्ञापन बोर्डको सदस्य नियुक्तीमा रस्साकस्सी

विज्ञापन बोर्डको सदस्य नियुक्तीमा रस्साकस्सी
अ+ अ-

काठमाडौं । नेपाली बजारमा विज्ञापन व्यवसायको व्यवस्थापन, प्रबर्द्धन, नियमन र वितरणको कार्य गर्ने गरी गठन हुन लागेको विज्ञापन बोर्डको सदस्यमा नियुक्तीका लागि रस्साकस्सी चलेको छ ।

हाललाई मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठन हुने उक्त विज्ञापन बोर्डमा सदस्यका रुपमा संञ्चार उद्यमी महेन्द्र शेरचन, भाष्करराज कर्णिकार, नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवाली, सञ्चारकर्मी भुषण दाहाललाई सदस्यमा नियुक्ती गर्ने तयारी भइरहेको उच्च स्रोतले बताएको छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ अनुसार वस्तु वा सेवाको बजार प्रबद्र्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारको लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्न उक्त ऐन ल्याइएको हो ।

ऐनमा विज्ञापनको नियमन सम्बन्धी काम गर्नका लागि विज्ञापन बोर्ड गठन हुने भनिएको छ । सरकारले क्लिन फिड लागू गरेसँगै यही कात्तिक ८ गतेदेखि यस्तो बोर्ड संचालन र परिचालन गर्नु पर्ने कानुनी व्यवस्था नै छ ।

ऐनमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, गृह मन्त्रालयका सहसचिव सदस्य, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सदस्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सदस्य, विज्ञापनदाता विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थामध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका प्रतिनिधि दुई जना सदस्य, उपभोक्ता हक हितको क्षेत्रमा वा आमसंचारको क्षेत्रमा कम्तीमा दश वर्ष अनुभवप्राप्त व्यक्ति सदस्य रहने व्यवस्था छ ।

नेपालमा क्लिन फिड समेत नेपाल सरकार र संगठित संस्थाका विज्ञापन गरी झण्डै १७ अर्बको विज्ञापन रहेको अनुमान गरिएको छ ।