१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो



अ+ अ-

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।

भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन् । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले विदाई गनुर्भयो ।

मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनु भयो । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने बताउनु भयो । त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचिन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताउनु भयो ।

विश्व हिन्दु परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाहको कार्यक्रम राखिएको छ ।