१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

६४ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट ६४ भौगोलिक र गैरभौगोलिक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी रहेको एमालेले जनाएको छ । 

यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछन् भने जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएको एमालेले जनाएको छ ।