१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते

देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल

देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दे शको मुल समस्या सरकारको अस्थिरता नभएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गर्नुभयो । उहाँले नौ महिनाको सरकारले देशमा तरंगा पैदा गरेको बताउनु भयो । उहाँले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताउनु भयो । उहाँले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताउनु भयो । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन शुरु गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको समस्याको मुल कारण के हो, त्यहाँबाट जानुपर्छ । मुल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ । गफ होइन । काम गरेर देखाएका छौँ, नौ महिना भित्र । सारा देशमा तरंग पैदा गरिदियौँ । आफ्नो गाउँ, आफैँ बनाउँ भन्नेदेखि लिएर, नौ सको अभियानदेखि लिएर, वृद्ध भत्ताको कुरादेखि लिएर । सुकुम्वासीलाई जग्गा बाँड्ने, ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्नेदेखि लिएर, बिहानीले दिउँसो कस्तो हुन्छ भन्नेकुराको संकेत गर्दछ । गर्नेले छोटो समयमा गर्छ । एक जनाले मलाई भन्नुभयो, हामी मध्यपहाडी राज्यमा हिँडे, त्यहाँको इन्जिनियरलाई सोधेँ, यो कसको पालामा भयो रु उनीहरुले भनेः माधव नेपाल प्रधानमन्त्री भएको पालामा भएको हो । हाम्राले प्रचार गर्न चाहँदैनन् वा थाहा नै पाउँदैनन् । मान्छे काँग्रेस पार्टीका रहेछन्, तपाईंले यति शानदार बाटो बनाउनु भएछ, त्यहाँ म गाडी लिएर जाँदा त कस्तो आनन्द भयो । अर्को एक जना तराईको हुलाकी राजमार्गमा जानुभएको रहेछ । त्यहाँ सोध्दा उनीहरुले भने, माधव नेपाल प्रधानमन्त्री हुँदा नै भारतको प्रधानमन्त्रीसँग हुलाकी राजमार्गको निम्ति आर्थिक सम्झौता र निर्माणको काम अघि बढ्यो । यो बाटो हेर्नुस् । शानदार बाटो ।’

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गर्नुभयो । मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनु भयो । सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरु पार्टीभित्रै रहेको भन्दै उनीहरुलाई आफूहरुले चासो नदिएको बताउनु भयो । राजतन्त्रका बिरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरु पार्टीले पनि हिम्मत नगर्दा आफूहरुले नै आन्दोलन गरेर हटाएको बताउनु भयो । उहाँले परिवर्तनलाई साकार बनाउने काममा आफूहरु सफल भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले शानका साथ भन्नुपर्छ, यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने हामीले गरेका छौँ । गणतन्त्र कसैले ल्याएको छ भने हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यही पार्टीभित्र थिए । गीत गाएर मात्रै हिँडेका होइनन् । बिरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन, घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौँ । वास्ता गरेनौँ । हामीले भन्यौँ, हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरु थन्किरहेका हुन्छन्, बसिरहन्छन् । बस्नेलाई बस्न देउ । हिँड्नेलाई जान देउ । हामी हिँडिरह्यौँ । राजतन्त्रका बिरुद्धमा अरु पार्टीले पनि हिम्मत गरेनन् । काँग्रेसको पनि खुट्टा काम्यो । उसले पनि बेबी किङ भन्न थाल्यो । तर हामीले एक्लै आँट ग¥यौँ । र परिवर्तनलाई साकार पा¥यौँ ।’

अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताउनु भयो । भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने बताउनु भयो ।