काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पुरुष फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ ।
ताजिकिस्तानको सेन्ट्रल स्टेडियमा बुधबार भएको खेलमा ताजिकिस्तानसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो ।
पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोलको सामना गर्यो ।
ताजिकिस्तानका लागि शेर्भोनी मावत्शोएव र मनुचेखर जालिलोभले समान दुई÷दुई गोल गरे ।
नेपालले आगामी मङ्सिर १ गते अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ ।