४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही

हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
अ+ अ-

बाकु (अजरबैजान) : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले हिन्दकुश क्षेत्रको प्राकृतिक वातावरण, सांस्कृतिक विविधता र आर्थिक प्रणालीलाई ध्यानमा राखेर जलवायु अनुकूलनका क्षेत्रीय, राष्ट्रिय  तथा स्थानीय योजना कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्मेलनका क्रममा  भूटानद्वारा आज यहाँ आयोजित वातावरण मन्त्रीको बैठकमा उहाँले त्यसका लागि हिन्दुकुश हिमालयन क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “जलवायु परिवर्तन विरुद्धको लडाईमा क्षेत्रीय हातोमालोका साथै विश्वव्यापी साझेदारीका लागि सबैसँग अनुरोध गर्दछु ।”

हिमताल विष्फोटन हुँदा हिमाली गाँउ थामे बगाएको तथा एक महिनाअघि नेपालमा आएको बाढी पहिरोबाट  दुई सय ५० भन्दा बढी मानिसको मृत्य भएको घटना प्रस्तुत गर्दै उहाँले जलवायु परिवर्तनबाट हाम्रो जस्तो पर्वतीय मुलुकमा कति हानी नोक्सानी पुग्दो रहेछ भन्ने उदारणकारूपमा ती दुवै घटनालाई लिन सकिने बताउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “हिन्दकुश हिमालयन क्षेत्रमा रहेको नेपाल एउटा पर्वतीय देश हो, संसारकै अग्लो सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला वर्षैभर हिँउले ढाकिएका पर्वत यहाँ छन्, जुन जलवायु परिवर्तनले उच्च जोखिममा छन् ।”

हिन्दकुश पर्वतीय क्षेत्र जलवायु परिवर्तनका हिसाले संसारकै जोखिमयुक्त क्षेत्रमा पर्ने बताउँदै मन्त्री शाहीले यो पर्वतीय भू–भागले संसारका झण्डै एकचौथाई  मानव समुदायलाई पानी, जैविक विविधतालगायत वातारणीय सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो ।

भूटानका प्रधानमन्त्री प्रमुखको आतिथ्यमा भएको उक्त बैठकमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भूटान, ताजकिस्तान, चीन र भारतलगायतका हिन्दकुश क्षेत्रका मुलुकका वातावरणमन्त्रीको सहभागीता थियो । रासस