७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालबाट ३२ वटा स्टल रहने



अ+ अ-

काठमाडौँ । चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने भएको छन् ।

आईतवार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन् ।

मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताउनु भयो । उहाँले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको जानकारी दिनुभयो । उहाँले यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अन्तर्राष्ट्रिय सिस्मे फेयरमा जान लागेका छौँ । यो चीन सरकारले हामीलाई सहयोग स्वरुप उपलब्ध गराइदिनुभएको स्टल हो । हामीले ३२ वटा स्टल लिएर जाँदैछौँ । ३६ जना सहभागी छौँ । नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु लिएर हामी जाँदैछौँ । यस्तो कार्यक्रममा संस्था सहभागी हुँदा सहुलियत दिन आग्रह गर्छु । सामान लैजाँदा र उताबाट स्टक भयो भने त्यसका सहुलियत दिनुपर्छ । त्यसो गर्नाले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान्छ । त्यसले नेपालको शान बढ्छ । यसले नेपाल र चीनको सम्बन्धलाई अझ गाढा बनाउँछ ।’

अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुयाउन सहयोग पुग्ने बताउनु भयो । मेला कार्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।