२९ कार्तिक २०८१, बिहीबार
,
Latest
नेपालको बिजुली भोलिबाट बंगलादेश निर्यात हुने रुपन्देहीमा रवि लामिछानेको बयान सकियो प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई रुपन्देही लगिँदै



अ+ अ-

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्कीबाट बुटवल लगिँदै छ ।

लामिछानेलाई बयानका लागि रुपन्देहीको बुटवल लग्न लागिएको हो ।

बुद्ध एयरको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । उनलाई पोखरा विमानस्थलमा पुर्‍यााइको छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि रुपन्देही प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । रवि माथि अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।