२९ कार्तिक २०८१, बिहीबार
,
Latest
पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छः भौतिकमन्त्री दाहाल सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएनः मन्त्री गुरुङ निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री मुस्ताङको स्याउ: बढ्दो माग, पुरयाउन धौधौ आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार



अ+ अ-

काठमाडौँ : नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको छ । जाजरकोटको भेरी नगरपालिका–१३ जिरो प्वाइन्टमा नेपालगञ्जतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

साथै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याउने कार्य भइरहेको छ ।रासस