२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले अधिकारीलाई आज नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो ।