२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट निवेदन



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्न दिएको अन्तरिम आदेशविरुद्ध सरकार भ्याकेटमा गएको छ । सरकारले आज सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेको हो ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको गत भदौ ७ गतेको इजलासले सामाजिक सुरक्षा भत्ता लिन वा अन्य विभिन्न काममा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशविरूद्ध राष्ट्रि पञ्जिकरण विभागले महान्यायधिवक्ता कार्यालयमार्फत् भ्याकेट निवेदन दर्ता गराएको हो ।

सरकारले सर्वोच्चको आदेशपछि सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा असर परेको र परिचयपत्र अनिवार्य नगर्दा कतिपयले दोहोरो पेन्सन–भत्तासमेत आइरहेको पत्ता लागेकाले त्यसलाई रोक्न अन्तरिम आदेश खारेजीको माग गरेको हो ।

अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाएर सर्वोच्चमा गत असार २८ गते रिट दर्ता गरेका थिए ।