१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’



oppo_2
अ+ अ-

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताउनुभएको हो । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन”, उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ ।” पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।