२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी ‘ए’ मा इन्टर मिलान र पार्मा बराबरीमा रोकियो



अ+ अ-

मिलान । इन्टर मिलानले दुई गोलले पछाडि रहेको स्थितिबाट इटालीको सिरी ‘ए’ मा शनिबार पार्मालाई २–२ को बराबरीमा रोक्न सफल रह्यो । पाहुना टिम पार्माले जेरभिन्होको दुई गोलले सुरुवाती अग्रता लिएको थियो ।

त्यसयता मार्सेलो ब्रोजोभिचले इन्टरका लागि पहिले गोल गरे भने इभान पेरिसिचले इन्जुरी समयमा बराबरी गोल गरे । चोटका कारण रोमेलु लुकाकु र एलेक्स सान्चेजविना खेलिरहेका इन्टरको ११ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ ।

पार्मा भने छ खेलबाट पाँच अंक रहेको छ । लय समात्न संघर्षरत एन्टोनियो कोन्टेको इन्टरले सबै प्रतियोगिताका छ खेलमध्ये एकैमा मात्र जित निकाल्न सकेको छ ।