५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोड्रीले जिते फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि’ओर



अ+ अ-

काठमाडौं । रोड्रीले फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि’ओर जितेका छन् ।

फ्रान्सको पेरिसमा आयोजित भव्य समारोहमा केहिबेरअघि स्पेन तथा म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर रोड्रीलाई २०२३-२४ को बालोन डि’ओर विजेता घोषणा गरिएको हो ।

२८ वर्षिय रोड्रीले ब्राजिल तथा रियल मड्रिडका भिनिसियस जुनियरलाई पछि पारे । रोड्री युरो कपमा प्लयेर अफ द टुर्नामेन्ट तथा प्रीमीयर लिग विजेता बनेका थिए ।

यस्तै, बार्सिलोना र स्पेनकी स्टार आइताना बोनमाटी लगातार दोस्रो पटक महिला बालोन डी’ओर जित्न सफल रहिन् ।

बालोन डी’ओरको विजेता १०० विशेषज्ञ पत्रकारहरुको अन्तर्राष्ट्रिय निर्णायक मण्डलले छनोट गरेको हो । रियल मड्रिडले उक्त समारोह बहिष्कार गरेको थियो ।

२१ बर्षपछि लियोनल मेसी र क्रिस्टियानो रोनाल्डाे दुबै खेलाडीहरु नोमिनेसनमा परेनन् । मेसीले सर्वाधिक ८ तथा रोनाल्डाेले ५ पटक यो अवार्ड जितेका छन् ।